- प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- वन्यजन्तु र वन पैदावार ओसारपसार सम्बन्धी नियमन र अपराध नियन्त्रण,
- वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक सङग्रहालय व्यवस्थापन,
- प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन,
- चिडियाखानाको व्यवस्थापन,
- जडिबुटी खेती प्रविधि प्रवर्द्धन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानून तर्जुमा तथा कार्यान्वयन र नियमन, अध्ययन अनुसन्धान तथा तथ्याङ्क सङ्कलन,
- वन तथा वातावरण सम्बन्धी विषयमा प्राविधिक सूचना तथा सेवा प्रवाह,
- वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति, समन्वय र सहयोग,
- प्रदेशस्तरका वनस्पति उद्यान तथा हर्वेरियमहरुको व्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखीकरण सम्बन्धी नीति र व्यवस्थापन,
- प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थापन, नियमन, संरक्षण एवम् लाभांश बाँडफाँड,
- प्रदेशस्तरमा जलाधार संरक्षण सम्बन्धी नीति, प्रविधि विकास, व्यवस्थापन,
- प्रदेशभित्र भू तथा जलाधार एवं चुरे संरक्षण,
- वातावरण संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन,
- वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- वातावरणीय सूचना प्रणालीको स्थापना एवं वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति, अनुगमन र नियमन,
- वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार,
- वातावरणीय प्रयोगशालाको स्थापना, सञ्चालन र व्यवस्थापन,
- प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनि तथा विद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन,
- न्युन कार्वनमूखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरितक्षेत्र प्रवर्द्धन,
- वन संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, सम्वर्द्धन र व्यवस्थापकीय पद्धति निर्धारण,
- वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि, वातावरणीय सुशासन तथा परीक्षण,
- भूपरिधि क्षेत्र तथा वन क्षेत्रको पहिचान, वर्गीकरण, संरक्षण र व्यवस्थापन,
- नदी उकास, नहर तथा सडक किनारामा वृक्षारोपण व्यवस्थापन,
- वृक्षारोपणको लागि दिगो तथा गुणस्तरीय बीउ उत्पादन, बीउ बगैँचा स्थापना र व्यवस्थापन,
- प्रदेशभित्र वृक्षारोपण तथा संभार सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
- प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन,
- वन्यजन्तु र चराचुरुङ्गी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन ।