२०८२ जेठ २,बिहिबार mofe@madhesh.gov.np || ०४१-५२७०१२ बाढी प्रभावित क्षेत्र नक्साङ्कन
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जनकपुरधाम, धनुषा, नेपाल

 

1)   प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र  नियमन,

2)   वन्यजन्तु र वन पैदावार ओसारपसार सम्बन्धी नियमन र अपराध नियन्त्रण,

3)   वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक सङग्रहालय व्यवस्थापन,

4)   प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन,

5)   चिडियाखानाको व्यवस्थापन,

6)   जडिबुटी खेती प्रविधि प्रवर्द्धन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानून तर्जुमा तथा कार्यान्वयन र नियमन, अध्ययन अनुसन्धान तथा तथ्याङ्क सङ्कलन,

7)   वन तथा वातावरण सम्बन्धी विषयमा प्राविधिक सूचना तथा सेवा प्रवाह,

8)   वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति, समन्वय र सहयोग,

9)   प्रदेशस्तरका वनस्पति उद्यान तथा हर्वेरियमहरुको व्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखीकरण सम्बन्धी नीति र व्यवस्थापन,

10)  प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थापन, नियमन, संरक्षण एवम् लाभांश बाँडफाँड,

11)  प्रदेशस्तरमा जलाधार संरक्षण सम्बन्धी नीति, प्रविधि विकास, व्यवस्थापन,

12)  प्रदेशभित्र भू तथा जलाधार एवं चुरे संरक्षण,

13)  वातावरण संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन,

14)  वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन,

15)  वातावरणीय सूचना प्रणालीको स्थापना एवं वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति, अनुगमन र नियमन,

16)  वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार,

17)  वातावरणीय प्रयोगशालाको स्थापना, सञ्चालन र व्यवस्थापन,

18)  प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनि तथा विद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन,

19)  न्युन कार्वनमूखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरितक्षेत्र प्रवर्द्धन,

20)  वन संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, सम्वर्द्धन र व्यवस्थापकीय पद्धति निर्धारण,

21)  वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि, वातावरणीय सुशासन तथा परीक्षण,

22)  भूपरिधि क्षेत्र तथा वन क्षेत्रको पहिचान, वर्गीकरण, संरक्षण र व्यवस्थापन,

23)  नदी उकास, नहर तथा सडक किनारामा वृक्षारोपण व्यवस्थापन,

24)  वृक्षारोपणको लागि दिगो तथा गुणस्तरीय बीउ उत्पादन, बीउ बगैँचा स्थापना र व्यवस्थापन,

25)  प्रदेशभित्र वृक्षारोपण तथा संभार सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,

26)  प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन,

27)  वन्यजन्तु र चराचुरुङ्गी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन ।

मा. त्रिभुवन साह मा. मन्त्री
view details
उद्धव बहादुर घिमिरे प्रदेश सचिव
view details
अंजना कायस्थ गुनासाे सुन्ने अधिकारी फाेन .९८५४०२०१५०
view details